लामो समयपछि भइरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनले विद्यार्थीहरुमा उत्साह सञ्चार गरेको छ । आज बिहान ८ बजेदेखि क्याम्पसहरुमा मतदाता सुरु भएको छ ।
मतदानमा विद्यार्थीको उत्साहजनक सहभागिता देखिएको छ । मतदान र अपराह्न ४ बजेसम्म जारी रहनेछ ।
त्रिभुवन विश्वविद्यालयअन्तर्गतका ४८ आंगिक र सामुदायिक क्याम्पसमा निर्वाचन भइरहेको हो ।
केही क्याम्पसमा भने अवरोधका कारण निर्वाचन स्थगित भएको छ। केही क्याम्पसको स्ववियुमा निर्विरोध निर्वाचन भइसकेको छ ।
काठमाडौँ उपत्यकाका २२ आंगिक क्याम्पसमा ६६ हजार ५०० र उपत्यकाबाहिर ९५ हजार ५०० विद्यार्थी निर्वाचनमा सहभागी हुनेछन् ।
Discussion about this post