इटहरी । इटहरी लेडी जेसिजको आयोजनामा ११३औँ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम आयोजना गरियो ।
जेसी सुमित्रा भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रतिनिधि, जेसिजकर्मीहरु, स्थानीय अभियन्तालगायतको सहभागिता थियो ।
कार्यक्रममा इटहरी उपमहानगरपालिकाका महिला जनप्रतिनिधिबीच अन्तरक्रिया गरिएको थियो ।
त्यस अवसरमा महिला श्रमिकहरुका समस्या र उनीहरुलाई प्रोत्साहन गरिनुपर्ने विषयमा छलफल गरिएको थियो ।
महिला श्रमिकका हक अधिकारका लागि सबै पक्षले सहयोग गर्नुपर्नेमा पनि जोड दिइएको थियो ।
कार्यक्रममा तालिम निर्देशक विराटनगर जेसिजका पूर्वअध्यक्ष जेसी सेवक बजगार्इं,लगायत पूर्व पदाधिकारीको पनि सहभागिता थियो ।
यसैगरी उपमहानगरका २० वटै वडाका महिला जनप्रतिनिधिहरुले पनि कार्यक्रममा सहभागिता जनाएका थिए ।
कार्यक्रममा सहभागिताका लागि सबै पक्षलाई इटहरी लेडी जेसिज परिवारले आभार व्यक्त गरेको छ ।
Discussion about this post