इटहरी । अर्थविद डा. गोबिन्दराज पोखरेलले मुलुकको खस्कँदो अर्थतन्त्रप्रति चिन्ता व्यक्त गरेका छन् ।
सुनसरीको इनरुवामा सञ्चारकर्मीहरुसँगको कुराकानीमा पोखरेलले मुलुकको पछिल्लो अर्थ व्यवस्थाप्रति चिन्ता जनाएका हुन् ।
‘देशमा तलब खुवाउन समेत ऋण काढ्नु पर्ने दिन आउँदैछ’ उनले भने, ‘यसप्रति सरकार गम्भिर हुन आवश्यक छ ।’
हामीले बिकास खर्च कम र चालु खर्च बढाउन थालिएको अनि हुँदाहुँदा अहिले त्यसमा ठूलो अन्तर आइसकेको उनले उल्लेख गरे ।
चालु खर्च तलब, भत्ता, पेन्सन दिनलाई पनि ऋण लिन पर्ने अवस्था आइसकेको पोखरेलले बताए ।
‘देशको पछिल्लो आर्थिक तथ्यांक हेर्दा यो यो आर्थिक वर्षमा करिव २ सय अर्ब घाटा भइसक्यो’ उनले भने, ‘ अब कति ऋण लिएर चलाउने हो ?’
राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष समेत रहनु भएका अर्थविद डा.पोखरेलले मुलुकको आर्थिक अवस्था खस्किनुको मूल कारण देशको राजनीतिक अस्थिरता रहेको बताए ।
नेताहरु गम्भीर नहुँदा समस्या देखिएको उनको भनाइ छ ।
Discussion about this post