विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की चढेको गाडीमा आक्रमणको प्रयास गरिएको छ ।ओखलढुंगामा उनको गाडीमाथि आक्रमण प्रयास भएको हो । मुख्यमन्त्री कार्की त्यहाँ आयोजित कार्यक्रममा सहभागी हुन पुगेका थिए ।
प्रदेशलाई ‘कोशी’ नामकरण गरेर पहिचानवादीहरुको भावनाविरुद्ध काम गरेको भन्दै असन्तुष्ट बनेकाहरुले आक्रमणको प्रयास गरेका हुन् ।सिद्धिचरण नगरपालिका वडा नम्बर ११ को गोरुमारे भन्जाङमा भेला भएका पहिचानवादी संगठनका कार्यकर्ताहरुले उनी चढेको गाडीलाई अवरोध गरेका थिए।
गाडी रोकेर उनीहरुले आक्रमण प्रयास गरेका थिए । त्यस क्रममा प्रहरीले उनीहरुलाई रोकेको थियो ।ती कार्यकर्ताले मुख्यमन्त्री कार्कीको विरोधमा कालो झन्डा देखाएका थिए ।
नामकरणपछि यसको विरोधमा आन्दोलन भइरहेका बेला मुख्यमन्त्री कार्कीले नाम परिवर्तन नहुने साथै यसबारे अब छलफलै नहुने अभिव्यक्ति दिएका थिए ।
उनको यो अभिव्यक्तिबाट आन्दोलनकारीहरु आक्रोसित बनेका छन् । उनीहरुले पहिचानवादीहरुको मागलाई बेवास्ता गरेको भन्दै सरकार र मुख्य मन्त्रीको विरोध गर्दै आएका छन् ।
Discussion about this post