रामभुनी । उद्योग वाणिज्य संघ रामधुनीको चैत १९ गते हुने ९औ साधारणसभाका तथा अधिबेशनका लागि निर्वाचन कार्यतालिका सार्बजानिक भएको छ ।
उद्योग बाणिज्य संघ रामधुनीको निर्वाचनका लागि आज सोमबार निर्वाचन समितिले कार्यतालिका सार्बजानिक गरेको हो । प्रमुख निर्वाचन संयोजक डिल्ली कार्कीका अनुसार मंगलबार भोलि अन्तिम मतदाता नामावली सार्बजानिक गरिनेछ ।
बुधबार मतादाता नामावलीमाथि दाबी बिरोध गर्न सकिने जनाइएको छ । यसअघि चैत १२ गते साधारणसभा हुने भनिए पनि प्रचारप्रसार गर्ने समय नपुगेको भन्दै बिरोध आएपछि निर्वाचन समितिले सर्बपक्षीय छलफलबाट १९ गते साधारणसभा गर्ने कार्यक्रम तय भएको जनाइएको छ ।
यसैगरी चैत १० गते शुक्रबारउमेद्धवारको नामावलि प्रकाशन गरिने कार्यक्रम तय भएको जनाइएको छ । १९ गतेका लागि निर्वाचन गरिने संयोजक कार्कीले बताए ।
हाल सम्म १५ सय ८८ जना मतादाता रहेको उद्योग बाणिज्य संघ झुम्कामा यस साधारणसभाबाट नया नेतृत्व समेत चयन हुने समितिले जनाएको छ ।
धर्मेन्द्र शाहको कार्यकाल सकिएसंगै रामधुनीमा नया नेतृत्व चयन हुन लागेको हो । शाह नेतृत्वको कार्यकाल सकिएसंगै नयाँ नेतृत्वका लागि निकै रस्साकस्सी हुने देखिएको छ ।
Discussion about this post