इनरुवा । नेपाल शिक्षक संघ सुनसरीको ९आँै जिल्ला अधिबेशनबाट पुन बेणुप्रसाद सिग्देल अध्यक्षमा निर्वाचित भएका हुन ।
सुनसरीको इनरुवामा भएको अधिबेशनबाट सिग्देलका प्रतिस्पर्धी इन्द्रमोहन झा र देबनारायण यादवलाई पराजित गर्दै उनी बिजयी भएका हुन् ।
उपाध्यक्षमा चण्डिका बाँस्तोला निरौला, सचिवमा रोबनराज कार्की, सचिव (अर्थ) मा काशिराम चौधरी, सहसचिबमा उत्तम सुबेदी, सहसचिव (महिला) सरिता नेपाल, सहसचिव (अर्थ महिला) मा कञ्चनदेवी यादव, सहसचिव (समाबेशी) मा रामकुमार चौधरी र मधुलाल मेहता निर्वाचित भएको निर्वाचन समिति संयोजक रेणुका पोखरेलले बताइन् ।
सदस्यमा सुनिता गिरी, टीकादेबी अधिकारी, गोमा खत्री दाहाल, सञ्जीबकुमार चौधरी, गणेशप्रसाद यादव, केशब भटराई र आलम अन्सारी निर्वाचित भएका छन् ।
प्रदेश अधिबेशन प्रतिनिधिहरुमा इन्दिरा कटुवाल, बबिकुमारी यादव, सुनिताकुमारी राई, बिमालकुमार चौधरी, सुरेशकुमार चौधरी, धरबिन्द्रकुमार ठाकुर, दिनेश कुमार चौधरी र भोजराज घिमिरे निर्वाचित भएका छन् ।
यसैगरी संघीय महाधिबेशन प्रतिनिधिहरुमा सरस्वतीकुमारी कार्की, सुमित्रा मेहता, गणेशकुमार भट्टराई, आशाराम माझी, पुनितलाल चौधरी, नारायणप्रसाद मेहता र कृष्णराज बिण्टसमेत निर्वाचित भएको निर्वाचन समतिले जनाएको छ ।
नवनिर्वाचित अध्यक्ष सिग्देलले अबको ४ बर्षमा सांगठानिक रुपमा काम गर्ने, पेशागत हकहितका लागि काम गर्ने, शैक्षिक गुणस्तर अभिबृद्धिमा काम गर्नेलगायत कामहरु गर्ने प्रतिबद्धता जनाएका छन् ।
Discussion about this post