इटहरी । सगरमाथा क्षेत्रको भ्रमणमा आएका स्लोभेनियाका पर्यटकको मृत्यु भएको छ ।
सगरमाथा आधार शिविर भ्रमणको लालागि खुम्बु क्षेत्र गएको ६८ वर्षीय स्लोभेनियाली नागरिक BOHINJSKA BISTRICA JANKO ARH को मृत्यु भएको प्रहरीले जनाएको छ ।
चैत ६ गते गोरक्षेपस्थित हिमालय लजमा बास बजेका उनको सुतेकै स्थानमा मृत्यु भएको थियो ।
इलाका प्रहरी कार्यालय नाम्चेको टोलीले घटनाबारे बुझ्ने काम गरिरहेको जनाइएको छ ।
Discussion about this post