इलाम । भारतसँग सीमा जोडिएको पर्यटकीय केन्द्र तुम्लिङमा तीन दिने ‘कन्चनजंगा दिगो पर्यटन फोरम २०२३’ आयोजना गरिएको छ ।
फोरममा पर्यटकीय स्थलहरुको प्रचार गर्न विभिन्न पालिका प्रमुखहरुको सहभागिता छ । सोमबार सुरु भएको महोत्सव आज बुधबार समापन हुँदैछ ।
महोत्सवको इलाम नगरपालिकाका प्रमुख केदार थापाले उद्घाटन गरेका थिए । त्यसक्रममा उनले जैविक विविधताको संरक्षण गरी विकास निर्माणमा पनि पर्यटनमैत्री बन्नुपर्नेमा जोड दिए ।
माइजोगमाई गाउँपालिका अध्यक्ष कुशबहादुर थेवेको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा इतिहासविल युद्धप्रसाद बैद्य, पश्चिम बंगालका पर्यटन अभियन्ता राज बसु, सिक्किमको एट्री संस्थाकी डा. सरला खालिङ, पाँचथरबाट नरेन्द्र केरुङ, फालेलुङ गाउँ पालिका अध्यक्ष वीरविक्रम थाम्सुहाङ, पत्रकार केदार शर्मा, केचना कन्चनजंगा पर्यटन विकास समितिका कार्यकारी निर्देशक केशवकुमार द्यौराली लगायतका वक्ताले पर्यटक मैत्री ब्यवहारलाई जोड दिएका थिए ।
मंगलबार भएको कार्यक्रममा इलामका संघीय सांसद महेश बस्नेत पनि सहभागी थिए ।
वक्ताहरुले पर्यटनका लागि प्रकृति जोगाउनु पर्ने धारणा राखेका थिए । ट्रेकिङ रुटको संरक्षण र साँस्कृतिक परिकारहरुको संरक्षण गरेर ग्रामीण पर्यटन विकास गर्नुपर्ने धारणा थियो ।
महोत्सवको पहिलो याक र सिंह नृत्य प्रदर्शनी गरिएका थियो । महोत्सवमा स्थानीय परिकार, साँस्कृतिक कार्यक्रम प्रदर्शनी गरिएको थियो । मंगलबार समेत विविध कार्यक्रम भएको थियो ।
समापनका क्रममा ‘तुम्लिङ घोषणापत्र’ जारी गरिने भएको छ ।
मानेभञ्ज्याङदेखि सन्दकपुर हुँदै कन्चनजंगा बेस क्याम्प सम्मको ट्रेलको संरक्षण गर्नुपर्ने, नेपाल तर्फमात्र बढी आवादी र होटल व्यवसाय बढिरहेकोले यस क्षेत्रले जिम्मेवार भएर अगाडि बढ्नुपर्ने बताएका थिए ।
Discussion about this post