काठमाडौं । नेपाल टेलिकमको नेटवर्कमा समस्या आएको छ । यसले गर्दा उपभोक्तालाई फोन सम्पर्कमा कठिनाइ भएको छ ।
प्राविधिकहरुले समस्या समाधानको प्रयास गरिरहेको टेलिकमले जनाएको छ ।
टेलिकमका प्रवक्ता शोभन अधिकारीले भीओएलटीई सेवामा समस्या देखिएको बताए ।
टुजी, थ्रीजी, फोरजीमा समस्या नभएको तर भीओएलटीईको कोरमा केही समस्या देखिंदा फोन नलाग्ने समस्या देखिएको उल्लेख गर्दै उनले समस्या समाधानको प्रयास भइरहेको बताए ।
मोबाइलमा भीओएलटीई चलाइरहेकाहरुकोमा मात्र यसबाट प्रभावित भएको अधिकारीको भनाइ छ ।
बिहानैदेखि मोबाइल नम्बरमा सम्पर्क नहुने समस्या देखिएको गुनासो सेवाग्राहीहरुले गरेका छन् ।
Discussion about this post