सुनसरी । १३औँ अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको पहिलो सेमिफाइनल खेलमा सगरमाथा युथ क्लब मोरङ मछिन्द्र फुटबल क्लब काठमाडौंलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।
आज भएको खेलमा सगरमाथाले मछिन्द्रलाई ३–१ गोल अन्तरले पराजित गर्दै फाइनलका लागि स्थान तय गरेको हो ।
सगरमाथाका लागि खेल सुरु भएको ४ मिनेटमै राजीव लोप्चनले गोल गरे । यस्तै, खेलको १२ मिनेटमा सगरमाथाका लागि स्टेफिनले थप १ गोल गर्दै टिमलाई अग्रता दिलाए ।
पहिलो हाफमा २–० भएको खेलमा दोस्रो हाफपछि सगरमाथाले पुनः १ गोल थपेको थियो ।
खेलको ५१औं मिनेटमा सगरमाथाका मेस्सुकेले १ गोल गर्दै टिमलाई तेस्रो गोल दिलाए ।
मछिन्द्रका लागि खेलको ८९ औं मिनेटमा टिम क्याप्टेन आफिज ओलावालेले पेनाल्टीमार्फत १ गोल गरे ।
खेलको म्यान अफ दिम्याच सगरमाथाका खेलाडी स्टेफिन भए ।
साबिक बिजेता समेत रहेको सगरमाथा युथ क्लब मोरङले आगामी बिहीबारको बिजेता टिमसँग शनिबार फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।
बिहीबारको अन्तिम सेमिफाइनल खेल चर्च ब्वाइज क्लब काठमाडौं र त्रिभुवन आर्मी क्लबबीच हुनेछ ।
Discussion about this post