साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपालले भुटानलाई ५ – ० गोलको फराकिलो अन्तरले पराजित गरेको छ । बंगलादेशमा जारी प्रतियोगितामा नेपालको यो पहिलो जित हो ।
ढाकामा भएको खेलको १६ औँ मिनेटमा वर्षा ओलीको गोलमार्फत नेपालले अग्रता लिएको थियो । ३० औँ मिनेटमा दिपा रोकायाले दोस्रो गोल थपिन्।
३४ औँ मिनेटमा सेनु परियारले गोल गरेपछि पहिलो हाफमै नेपाल ३ – ० को बलियो स्थितिमा पुगेको थियो । ५० औँ मिनेटमा वर्षाले व्यक्तिगत दोस्रो गोल गरिन् । ५८ औँ मिनेटमा सेनुले फेरि गोल गरेपछि नेपाल ५ – ० को फराकिलो जित हात पार्न सफल भएको हो ।
पहिलो खेलमा भारतसँग ४ – १ गोलले पराजित नेपाल भुटानविरुद्ध जित हात पार्दै लयमा फर्किएको छ । भुटानको यो दोस्रो हार हो । नेपालले आइतबार रुससँग प्रतिस्पर्धा गर्नेछ ।
Discussion about this post