काठमाडौं । देशका पहाडी भू-भागमा आंशिक मौसम बदली भइ केही स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा हुनेछ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकाअनुसार कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थान र देशका बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन / चट्याङसहित क्षणिक/हल्का वर्षाको सम्भावना छ ।
राति कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन / चट्याङसहित क्षणिक/हल्का वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।
हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ ।
भोलि (शुक्रबार) आंशिकदेखि सामान्य बदली भइ गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थान र देशका बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन / चट्याङसहित क्षणिक/हल्का वर्षाको सम्भावना छ ।
शनिबार कोशी, गण्डकी तथा सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहमा मेघगर्जन / चट्याङसहित क्षणिक/हल्का वर्षा हुनेछ । महाशाखाकाअनुसार राति गण्डकी तथा सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन / चट्याङसहित वर्षाको सम्भावना छ ।
Discussion about this post