इटहरी । कोशी प्रदेश नामकरणको विरोधमा भएको प्रदर्शनमा प्रहरीको लाठी प्रहारबाट घाइते भएका धरान १५ का पदम लिम्बुको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
चैत ५ गते विराटनगरमा भएको प्रदर्शनमा उनी सशस्त्र प्रहरीको लाठी प्रहारबाट घाइते भएका थिए ।
उनी सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध लिम्बुवान भोलेन्टियरका केन्द्रीय सहकमाण्डर हुन् ।
अवस्था सिकिस्त भएपछि उनलाई प्रतिष्ठानको सघन उपचार कक्ष (आइसियु) मा राखेर उपचार भइरहेको छ ।
उनको टाउकामा चोट छ । उपचार भइरहेको अवस्थामा उनी बुधबार राति बेहोस भएका थिए । त्यसपछि प्रतिष्ठानको आईसीयुमा राखेर उपचार भइरहेको सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सुनसरी अध्यक्ष अमर इजमले बताए ।
-तस्बिरः कपुरी न्युज
Discussion about this post