इटहरी । १३ औ संस्करणको अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको फाइनलमा चर्च ब्वाईज युनाइटेड र साबिक बिजेता सगरमाथा युथ क्लब मोरंङ भिड्ने भएका छन् ।
इटहरी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा चर्च ब्वाईज युनाइटेडले बिभागीय टिम त्रिभुवन आर्मी क्लब काठमाण्डौलाई १–० गोल अन्तरले पराजीत गर्दै सगरमाथासंगको फाइनल भेट तय गरेको हो ।
आर्मीका दिपक गुरुंङले आत्माघाती गोल गरेपछी चर्च ब्वाईज उपाधी नजिक पुगेको हो । २२ औ मिनेटमा चर्च ब्वाइजका बिदेशी खेलाडी बेम्पाले प्रहार गरेको थ्री किकलाई दिपकले हेडर गरेर क्लियर गर्न खोज्दा आत्माघाती गोल हुनपुगेको थियो ।
दोस्रो हाफमा आर्मीलाई दबाबमा राखेको चर्च ब्याइजका बिदेशी खेलाडी फ्रेकलिंक ताल्ला म्यानअफ द म्याच घोषित हुदै नगद १० हजार पाए ।
यसअघि हिजो भएको पहिलो सेमिफाइनलमा ए डिभिजन क्लब मछिन्द्रलाई ३–१ गेल अन्तरले पराजित गर्दै सगरमाथाले फाइनलमा स्थान सुरक्षित गरिसकेको छ । यी दुई टिमबिचको उपाधी भिडन्त आगामी शनिबार हुनेछ । प्रतियोगिताको उपाधी बिजेताले १० लाख र उपविजेताले ५ लाख रुपैया प्राप्त गर्नेछ ।
Discussion about this post