टीका खतिवडा
इलाम । इलामको माङ्सेबुङ्ग गाउँपालिका ५ नं. वडा कार्यालयमा आगलागी भएको छ । के कारणले आगलागि भयो भन्नेबारे खुलेको छैन । जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख दिलिपकुमार घिमिरेले यस बिषयमा पुष्टि नभएको बताए । उनले बिद्युत सर्ट भएर आगलागि भएको हुनसक्ने बताए ।
वडा सचिव माधव अधिकारीले मान्छे नै प्रवेश गरेर आगलागि गराएको प्रस्ट आधार भएको बताए । करिव १० बजे तिर आगलागि भएको अनुमान गरिएको छ । आफुहरु आएर आगलागि नियन्त्रण गर्दा करिव साढे ११ भएको उनको भनाई छ ।
स्थानियसँगको सहकार्यमा आफुहरुले नै आगलागि नियन्त्रण गरेको उनले बताए । कम्प्युटर र टेबलमा मट्टितेल छर्किएको र आगलागि नियन्त्रणमा जाँदा मट्टितेलको धुवाँ समेत आएको बताए ।
आगलागिबाट एक तले पक्कि भवनको झ्यालमा क्षति पुगेको छ । लिस्नोमाथीबाट भिब प्रवेश गरेर आगलागि गराइएको हुनसक्ने आशंका गरिएको बताइएको छ । आगजनीबाट फर्निचर, दराज, कम्प्युटर, टेबल कागजात जलेर नष्ट भएको छ ।
यस प्रदेशको नाम कोसी राखिएपछि पहिचान पक्षधरहरुले विरोध गरिरहेका छन् । तर कसले आगलागि गराएको हो भन्ने जानकारी आइसकेको छैन । आन्दोलनकारीले यस अघि पनि सो गाउँपालिका र वडा कार्यालयमा तालावन्दी सहित कालो झण्डा गाड्ने लगायतका कार्य गर्दै आएका थिए । तर आगलागिका विषयमा अनुसन्धान भइरहेको बताइएको छ ।
Discussion about this post