टीका खतिवडा
इलाम । इलाम नगरपालिकाको आयोजनामा भएको दुई दिने निःशुल्क स्वास्थ्य शिविरमा २ हजार ७४ जनाले परीक्षण गराएका छन् । शुक्रबार सुरु भएको शिविर शनिबार सम्पन्न भएको हो ।
पहिलो दिन १ हजार १ सय ५९ र शनिवार ९ सय १५ जनाको उपचार भएको हो ।
इलाम अस्पतालमा भएको शिविरमा बी एण्ड सी अस्पताल विर्तामोडको प्राविधिक सहयोग थियो ।
सबैभन्दा धेरै हार्डजोर्नीका बिरामीले सेवा लिएका थिए । शुक्रबार मात्र हार्डजोनीका ३ सय ६५ र शनिवार २ सय ४१ जना बिरामीले सेवा लिएको इलाम नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उपेन्द खनालले जानकारी दिए ।
उनका अनुसार सबैभन्दा कम क्यान्सर रोगी शिविरमा उपचारका लागि आएका थिए । क्यान्सरका दुई दिनमा १८ जना बिरामी आएको जनाइएको छ ।
शिविरमा मुटुरोग, स्त्री रोग, हाडजोर्नी, नसा रोग, बाल रोग, नाक कान घाँटी, क्यान्सर रोग, न्युरोलोजी विशेषज्ञ सेवा उपलव्ध गराइएको जनाएको छ ।
यस्तै, सर्जरी सेवा र युएसजी, इसीजी र इको सेवा पनि उपलव्ध गराइएको थियो । शिविरमा केही औषधि निःशुल्क उपलव्ध गराइएको थियो ।
इलाम नगरपालिकाका प्रमुख प्रमुख केदार थापाले शिविरबाट जिल्लावासीलाई राहत मिलेको बताए । उनले जिल्लामा आगामी दिनमा इलाम नगरपालिकाले जिल्लामा स्वास्थ्य सेवाका क्षेत्रमा सम्वन्धित निकायमा पहल गर्ने बताए ।
उनले इलाम नगपालिकाले समेत स्वास्थ्य सेवा प्रवाहमा ध्यान दिने बताएका छन् । शिविरमा इलाम नगरपालिकासँगै आसपास क्षेत्रका बासिन्दाले सेवा लिएका थिए ।
Discussion about this post