काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको जबरजस्तीकरणी मुद्दामा आजदेखि अन्तिम सुनुवाइ हुने भएको छ ।
‘फास्ट ट्र्याक’बाट मुद्दा सकाउन सर्वोच्च अदालतको आदेशपछि जिल्ला अदालत काठमाडौंमा आजलाई अन्तिम सुनुवाइको पेसी तोकिएको छ ।
शुक्रबारमात्रै सन्दीपविरुद्ध मुद्दा दायर गरेकी जाहेरवालीले अन्तरिम राहत माग गर्दै दिएको निवेदनमा अदालतले हालै राहत दिनुनपर्ने गरी फैसला गरेको थियो ।
न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले मुद्दा अन्तिमतिर आइसकेकाले मुद्दाको टुंगो लाग्दा नै राहत तथा क्षतिपूर्ति दिने निर्णय हुने भएकाले अन्तरिम राहत दिनुनपर्ने आदेश गरेको थियो ।
सन्दीपविरुद्ध नाबालिग बालिकालाई बलात्कार गरेको अभियोग छ । सन्दीपले गत भदौ ५ को राति सिनामंगलस्थित एक होटलमा लगेर पटकपटक बलात्कार गरेको अभियोगपत्रमा उल्लेख छ ।
नाबालिगका तर्फबाट भदौ २१ मा प्रहरीमा जाहेरी परेको थियो । कात्तिक १८ गते जिल्ला अदालतले थुनछेक बहसपछि पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।
Discussion about this post