काठमाडौं । बलिउड अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्की दिएका एकजना युवा पक्राउ परेका छन् । ती युवकले इमेलबाट उनलाई मार्ने धम्की दिएको भारतीय प्रहरीले जनाएको छ ।
अभिनेता खानलाई धम्की दिएको आरोपमा जोधपुरबाट २१ वर्षीय राम विश्नोईलाई मुम्बई प्रहरीले पक्राउ गरेको हो ।
मुम्बई प्रहरीले राजस्थान प्रहरीसँग मिलेर गरेको संयुक्त अपरेसनमार्फत जोधपुरबाट २१ वर्षीय विश्नोई पक्राउ परेका हुन् ।
मुम्बई प्रहरीको अनुसन्धानपछि आरोपितलाई पञ्जाब प्रहरीसमक्ष सुम्पिइने जनाइएको छ ।
सलमान खानलाई केही दिनअघि इमेलमार्फत उनले धम्की दिएको आरोप छ । इमेलमा भनिएको थियो– ‘तिम्रो हालत पनि सिद्धू मूसेवालाको जस्तै हुनेछ ।’
धम्कीपछि उनको घरको बाहिर सुरक्षा व्यवस्था कडा बनाइएको छ भने अवस्था ठिक नभएको भन्दै फयानहरुलाई नभेट्न पनि प्रहरीले सलमानलाई सुझाव दिएको थियो ।
Discussion about this post