विराटनगर । ताप्लेजुङको आठराई त्रिवेणीमा सिकार खेल्ने क्रममा भरुवा बन्दुक पड्काउँदा एकजनाको मृत्यु भएको छ ।
उक्त गाउँपालिकाको वडा ३ का ५२ वर्षीय वीरबहादुर गुरुङले कालीदह जंगलमा सिकार खेल्ने क्रममा गोली चलाउँदा ५८ वर्षीय ललित गुरुङलाई लागेको थियो ।
गोली लागेका उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
वीरबहादुरलाई हाङपाङ प्रहरी चौकीको टोलीले नियन्त्रणमा लिएको छ ।
घटनाबारे अनुसन्धान अघि बढाइएको प्रहरीले उल्लेख गरेको छ ।
Discussion about this post