Notice: Undefined offset: 1 in /home/pradeskh/public_html/wp-content/themes/jnews/class/ContentTag.php on line 86

चितवन २ बाट निर्वाचित एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकतामाथि छानबिन हुने भएको छ । लामिछानेको नागरिकता छानबिन गर्न जिल्ला प्रशासन कार्यालयले प्रहरीलाई पत्राचार गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंलाई लामिछानेको नागरिकता छानबिनका लागि पत्राचार गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले पुष्टि गरेका छन् ।
यता प्रहरी परिसर काठमाडौं स्रोतले रविको नागरिकताबारे छानबिनका लागि पत्र प्राप्त भएको र अनुसन्धानको तयारी थालिएको पुष्टि गरेको छ । गृह मन्त्रालयमा रविको नागरिकतामाथि छानबिनका लागि भन्दै उजुरी परेपछि मन्त्रालयको आदेशमा प्रमुख जिल्ला अधिकारीले मातहतका निकायमा पत्राचार गरेको बताइएको छ ।
अमेरिकी पासपोर्ट त्यागेपछि रविले नेपाली नागरिक लिने प्रक्रियामा त्रुटी रहेको भन्दै उजुरी परेको थियो ।
यता रविले भने आफ्नो नागरिकताको विषय यसअघि नै समाधान भइसकेको दाबी गर्दै आएका छन् ।
Discussion about this post