काठमाडाै । प्रहरीले अनलाइनबाट ठगी गरेको आरोपमा नौ चिनियाँ नागरिकसहित १९ जनालाई पक्राउ गरेको छ । बूढानीलकण्ठ नगरपालिका ४ महादेवखोला र काठमाडाै महानगरपालिका ४ चण्डोल क्षेत्रबाट पक्राउ परेका उनीहरूलाई प्रहरीले सार्वजनिक गरेको हो ।
उनीहरूले काठमाडाैका विभिन्न ठाउँमा घर भाडामा लिई अनलाइनबाट ठगी गर्ने गरेको पाइएको उपत्यका अपराध अनुसन्धान कार्यालय बानेश्वरका प्रमुख एसएसपी मनोज केसीले जानकारी दिए ।
यो टोलीले ह्वाट्सएपमा अनलाइनमार्फत व्यवसायमा संलग्न भए ३० प्रतिशतसम्म फाइदा हुने भन्दै नेपाली नागरिकलाई ठगेको पाइएको उनले बताए।
उनीहरूले नेपाली नागरिकको नाममा बैंक खाता खोलेर पीडितहरूलाई त्यही खातामा पैसा पठाउन लगाउने गरेको पाइएको छ । ठगी गर्ने टोलीले ह्वाट्सएप लगायतबाट अनलाइन कक्षासमेत सञ्चालन गर्दै आएको पाइएको छ ।
पक्राउ परेकाहरूको साथबाट १२ थान ल्यापटप, ७७ थान मोबाइल सेट लगायत विभिन्न उपकरणसहित चार लाख एक हजार आठ सय ८० रुपैयाँ पनि बरामद गरेको प्रहरीले जनाएको छ ।
Discussion about this post