बेलबारी । बेलबारी २ का पदम लिम्बु लाजेहाङको शव तत्काल नबुझने र पोष्टमार्टम समेत गर्न नदिने संघीय मञ्चका अध्यक्ष कुमार लिङदेनले बताएका छन ।
बिहिबार बिहान मृतक लिम्बुको परिवार सँग भेटघाट गर्न पुगेका लिङदेनले यस्तो बताएका हुन । उनले कोशी प्रदेश खारेजी सहित पहिचान सहितको नामांकनको माग गरे । नेपाल सरकारको १० लाख दिने,शहिद घोषणा गर्ने,शव दाहसंस्कार गर्ने नीति छ तर त्यो कुनै हालतमा आफुहरुले नमान्ने समेत उनले बताए । प्रदेशसभाले नै कोशी नाम खारेज गर्नुपर्यो ,नत्र अध्यादेशबाट ल्याएर कोशी खारेज गरि पहिचानको आधारमा किरात,खम्बुवान लिम्बुवान जे भएप्नि हुनुर्यो नत्र नयाँ जनादेशमा गएर पहिचान सहितको प्रदेश घोषणा गर्न समेत उनले माग गरे ।
बिहिबार बिहान नै घटनाका बारेमा बुझन इृन्सेक बिराटनगरका सोमराज थापा सहितको टोली समेत लिम्बुको घरमा पुगेको थियो । गत चैत ५ गते कोशी नामकरण खारेजीको माग गर्दै भएको आन्दोलनमा घाइते भएका पदम लिम्बूको उपचारका क्रममा मृत्यु भएपछि घटनाको छानविन गर्न संघीय सरकारले चैत्र ११ गते सहसचिव रामबन्धु सुवेदीको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति समेत बनाएको छ । समितिको सदस्यहरूमा जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रजिअ शरद पोखरेल, नेपाल प्रहरीका उपरीक्षक नवीनराज राई, सशस्त्र प्रहरीका उपरीक्षक राजेश उप्रेती, राष्ट्रिय अनुसन्धान आयोगका उपनिर्देशक शेरजंगबहादुर चन्द र उपसचिव कृष्णबहादुर शाही छन् ।
समितिले मंगलबाट छानबिनको काम सुरु गरेको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरद पोखरेलले बताए । मोरङ र सुनसरीको जिल्ला सुरक्षा समितिसँग पनि छलफल गरेको उनले बताए । प्रदेशसभाले कोशी प्रदेश नामकरण गरेपछि पहिचान पक्षधरले कोशी नाम खारेज गरी पहिचानका आधारमा नामकरण गर्न माग गर्दै आन्दोलन गरिरहेका छन् ।
Discussion about this post