विराटनगर । मोरङको केराबारीमा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ । मृतकका छोरा घाइते भएका छन् ।
केराबारी गाउँपालिका–४ खोलाघारीस्थित ओलबन्दे खोलाको भीरबाट लडेर बुधबार साँझ २९ वर्षीय बलबहादुर लिम्बूको मृत्यु भएको हो ।
प्रहरीका अनुसार केराबारी–७ घर भएका लिम्बू बाटो हिँड्ने क्रममा चिप्लिएर साँझ ६ः१५ बजेतिर भीरबाट लडेका थिए ।
उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गाउँमा काटेको राँगाको मासु लिएर नाबालक छोरासहित गोरेटो बाटो हुँदै घरतर्फ फर्कदै गरेको अवस्थामा लिम्बू भीरबाट खसेका हुन् ।
भीरबाट खसेर उनका ७ वर्षीय छोरा सुशील लिम्बू घाइते भएका छन् । सुशीलको स्थानीय मेडिकलमै उपचार भइरहेको छ । मृतक लिम्बूको शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।
घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
Discussion about this post