इटहरी । मोरङको सुन्दहरैँचा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा नगरपालिका क्षेत्रका सरकारी विद्यालयका शिक्षक शिक्षिकाहरुलाई नवदृष्टि आँखा अस्पतालले प्रशिक्षण दिएको छ ।
३० जना सहभागी रहेको प्रशिक्षणमा अस्पतालका सेवाबारे पनि जानकारी दिइएको अस्पताल प्रबन्धक भक्तबहादुर शाहिले प्रदेश खबरलाइ बताए ।
यसैगरी आँखा स्वास्थ्य शिक्षाबारे अस्पतालका दृष्टि विशेषज्ञ नरेन्द्रकुमार यादवले जानकारी दिएका थिए ।
यसैगरी नाक, कान घाँटी तथा मुखको स्वास्थ्य हेरचाहसम्बन्धी जानकारी पनि शिक्षक शिक्षिकाहरुलाई दिइएको थियो ।
Discussion about this post