काठमाडौं । पत्रकारिता पुरस्कारबाट पत्रकार शरच्चन्द्र भण्डारी र फोटो पत्रकार प्रदीपराज वन्त पुरस्कृत भएका छन् ।
रिपोर्टर्स क्लब नेपालले स्थापना गरेको ‘सहिद जगत प्रकाशजङ्ग स्मृति पत्रकारिता परस्कार’ पत्रकार भण्डारी र ‘बाबुछिरी स्मृति फोटो पत्रकारिता पुरस्कार’ फोटो पत्रकार वन्तलाई प्रदान गरिएको हो ।
क्लबको २५औँ वार्षिकोत्सवको अवसरमा यहाँ आज आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सो पुरस्कार प्रदान गरेका थिए । दुवै पुरस्कारको राशि जनही रु २५ हजार रहेको छ ।
Discussion about this post