ओखलढुङ्गा । जिल्लाको चम्पादेवी गाउँपालिकामा चट्याङले लागेर एक किशोरीको मृ त्यु भएको छ भने एक किशोरी गम्भिर घाइते भएकी छन् ।मृत्यु हुनेमा चम्पादेवी गाउँपालिका वडा नं ६ घोराखोरी भदौरीकी २० बर्षीया शर्मीला कार्की (तामाङ) रहेकी छन् ।
शुक्रबार दिउँसो साँढे ४ बजेतिर पानीसँगै परेको चट्याङले उनको मृ’ त्यु भएको हो ।सोही चट्याङले शंकर कार्की तथा अप्सरा कार्कीकी १६ बर्षीया छोरी अरुणा कार्की भने गम्भिर घाइते भएकी छन् । चट्याङ लागेर घाइते भएका दुवैलाई तत्काल उपचारको लागि प्राथमिक उपचार केन्द्र (पिएचसी) रानीवन पुर्याइएको थियो ।
अस्पताल पुर्याइएको भएपनि शर्मीलाको बाटैमा मृत्यु भएको पिएचसी रानीवनका एचए मदन कार्कीले जानकारी दिए । अरुणाको भने उपचार भैरहेको चम्पादेवी गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष गणेश केसीले जानकारी दिए ।घटनाको जानकारी पाएपछि प्रहरी घटनास्थल तर्फ गएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दिपक केसीले जानकारी दिए ।
स्थानीयले जानकारी गराए पनि प्रहरीको टोली घटनास्थल हुदै अस्पताल गएको तर विस्तृत जानकारी आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।
Discussion about this post