सुरुवातबाट नै एमसीसीविरुद्ध आवाज उठाउदै आएका सांसद ज्ञानेन्द्र शाहीलेले पुन नेपालका लागि एमसीसी उपयुक्त नभएको प्रतिकृया दिएका छन् । जुम्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य शाहीले संसदको पहिलो बैठकमै एमसीसीविरुद्ध आवाज उठाउने बताएका छन् ।
निर्वाचित भएर काठमाडौं फर्किएका शाहीले पहिलो बैठकमै अमेरिकी सहयोग परियोजना एमसीसी विरुद्ध आवाज उठाउने बताएका हुन् । एमसीसी मात्र नभइ वाइडबडी खरिद लगायता ठूला भ्रष्टाचारका विषयमा खुलेर आवाज उठाउने बताएका छन् ।
आफ्नो ५ वर्षे कार्यकालमा कानुन बनाएर ठूला भ्रष्ट्राचार काण्डका दोषीलाई जेल हाल्ने आफ्नो प्राथमिकता रहेको साहीको भनाई थियो ।
Discussion about this post