इटहरी । सोलुखुम्बुको खुम्बु पासाङ गाउँपालिका २ रातमाटेमा पुगेका अस्ट्रेलियाली पर्यटकको मृत्यु भएको छ ।
ट्रेकिङ जाने क्रममा ६३ वर्षीय VALLANCE THILIP THOMAS को मृत्यु भएको प्रहरीले जनाएको छ ।
रामेछापबाट सोमबारै समिट एयरको जहावबाट लुक्ला पुगेर उनी संखुवासभाको तुम्लिङटारतिर ट्रेकिङका लागि जाने क्रममा बाटामा बिरामी परेका थिए ।
प्रहरीका अनुसार उनी आएको समूहमा रहेका उनकै देशका नागरिक डाक्टरले प्राथमिक उपचार गराउने क्रममा मृत्यु भएको थियो ।
Discussion about this post