काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन
सोमबार प्रतितोला १ लाख ८ हजार रुपैयाँमा किनबेच भएको थियो ।
यस्तै तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ५ सय रुपैयाँ कायम गरिएको छ । सोमबार १ लाख ७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसअघि चैत ५ गते सुनको मूल्य अहिलेसम्मकै उच्च प्रतितोला १ लाख १० हजार रुपैयाँ पुगेको थियो । पछिल्ला दिन सुनको मूल्यमा उतारचढाव हुँदै आएको छ ।
चाँदीको मूल्य मंगलबार प्रतितोला १० रुपैयाँ बढेर १ हजार ४ सय रुपैयाँ पुगेको छ । चाँदी भने यसअघि गत माघ १९ गते प्रतितोला १ हजार ४५० रुपैयाँसम्म पुगेको थियो ।
Discussion about this post