मोरङ / मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं . ६ स्थित मलामी टहरामा एक व्यक्तिले हतियार प्रहार गरि शक्त घाइते बनाएका छन । बुधबार बिहान ५१ वर्षीय सोम बहादुर राईको गर्धन तथा दाहिने हातमा, छिमेकी ४० बर्षिया देउमान लिम्बुले धारिलो हतियार प्रहार गरि घाइते बनाएका हुन । घाइते हाल विराट नर्सिङहोममा उपचाररत छन ।
लिम्बुले सपनामा आफूलाई राईले धारिलो हतियार प्रहार गरेको देखेको र वास्तविक बदला लिन विपनामा गएको तथा त्यस पश्चात सामान्य विवाद पछि उक्त घटना घटेको इलाका प्रहरी कार्यालय मधुमल्लाका इन्चार्ज धन बहादुर सुनुवारले बताए ।
मानसिक अवस्था असामान्य रहेका भनिएका तथा हतियार चलाएका लिम्बुलाई अनुसन्धानका लागि हाल इलाका प्रहरी कार्यालय उर्लाबारीमा राखिएको छ ।
Discussion about this post