बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नयाँ भनिएका दलबाट लोकतन्त्र र गणतन्त्र खतरामा रहेको बताएका छन्।
शुक्रबार बुटवलमा पार्टी निकट प्रगतिशील पत्रकार संघको प्रथम राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै केसीले विदेशी शक्ति राष्ट्रको निर्देशन र एजेण्डामा नयाँ दलहरु चलेको आरोप लगाए।
रवि लामिछाने नेतृत्वको स्वतन्त्र पार्टीलाई लक्षित गर्दै उनले विदेशी शक्तिको इशारामा चलेका दलहरुले जनतामा भ्रम छरिरहेको बताए। केसीले लोकतन्त्र र गणतन्त्रका लागि लडेका दलहरु सच्चिएर आउनुपर्ने बताए।
अध्यक्ष केसीले सरकारलाई समर्थन रहेपनि सरकारको न्युनतम साझा कार्यक्रमप्रति आफ्नो दलको समर्थन नरहेको बताए।
Discussion about this post