काठमाडौँ । मनाङ मर्स्याङ्दी क्लब लिगको छैटौं चरणको समाप्तिमा शीर्ष स्थानमा उक्लिएको छ।
फरवार्ड कोफी कोउडुले दुई गोल गरेपछि सहिद स्मार ए डिभिजन लिगको सर्वाधिक सफल टोली मनाङ नवौं पटकको उपाधि होडमा फर्किएको हो। जावलाखेलले भने सातौं चरणमा खुमलटारसँग २–२ गोलको बराबरी खेल्यो।
च्यासल मैदानमा शुक्रबार भएको खेलमा मनाङले फ्रेन्डसमाथि सहज जित निकाल्ने क्रममा पहिलो र दोस्रो हाफमा समान १–१ गोल गरेको थियो।
सुरुवातमा फ्रेन्ड्सले पाएको अवसर सदुपयोग गर्न नसक्दा गोल गर्न असफल भएको थियो।
मनाङले ३५ औँ मिनेटमा अग्रता लिएको थियो। उसका लागि कोफीले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको थियो। पेनाल्टी क्षेत्रबाहिर फ्रेन्ड्सले लुज गरेको बललाई मनाङले आफ्नो पकडमा पार्दै टिमलाई अग्रता दिलाउन सफल भयो।
त्यसअघि फ्रेन्डसले सुरुवातमा मनाङमाथि केही शानदार गोल प्रयास गरे पनि सफल भएन। यद्यपि, मनाङले खेल आफ्नो पकडमा पार्दै आफ्नो दाबेदार छविलाई कायम राख्न सफल भयो। दोस्रो हाफमा पनि मनाङले फ्रेन्डविरुद्ध प्रभावशाली प्रदर्शन जारी राख्यो। मनाङले ५२ औँ मिनेटमा कोफीकै गोलमा अग्रता दोब्बर बनायो।
जितसँगै मनाङले ६ खेलमा ४ जित र २ बराबरीका साथ १४ अंक जोड्दै शीर्ष स्थानमा उक्लियो। पराजित फ्रेन्ड्स भने ६ खेलमा ४ अंकसाथ रेलिगेसन जोनतर्फ अग्रसर भएको छ।
सहिद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत नै भएको अर्को खेलमा जवालाखेल युथ क्लब र एफसी खुमलटारले २–२ गोलको बराबरी गर्दै अङ्क बाँडे।
एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको प्रतिस्पर्धात्मक खेलमा ३२ औँ मिनेटमा एनकोटो मोसाबीले गोल गर्दै जावलाखेललाई सुरुआती अग्रता दिलाएका थिए। तर, ३५ औँ मिनेटमा अभिषेक लिम्बुले गोल गर्दै खुमलटारलाई १–१ गोलको बराबरीमा ल्याए। खेलको ६३ औँ मिनेटमा मेसुके ओलुमोउले गोल गर्दा खुमलटार २–१ ले अघि रहन सफल भएको थियो।
Discussion about this post