काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अवसरवादीहरुबाट जोगिन आग्रह गरेका छन्।
शुक्रबार काठमाडौँमा नेपाल सार्वजनिक सेवा कर्मचारी संघको सातौं राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले नाम नलिइकनै राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ–१ को उपनिर्वाचनमा उम्मेदवार बनेका डा. स्वर्णिम वाग्लेप्रति इंगित गर्दै यस्तो कटाक्ष गरेका हुन्।
उनले आफू अवसरवादीबाट सावधान भइसकेको र सबै मानिसहरु सावधान हुनुपर्ने बताए।
उनले भने, ‘सावधान है एउटा कुरा, अवसरवादीहरुबाट जोगिनुहोला। अवसरवादीहरुबाट सावधान हुनुहोस्, म त सावधान भइसकेँ। तपाईहरु पनि सवधान हुनुस्, मैले भन्ने यति हो।’
Discussion about this post