काठमाडौँ । संखुवासभाको भोटखोला गाउँपालिकाले किमाथांका नाका खु्लाउन सरकारको ध्यानाकर्षण गराएको छ ।
गाउँपालिकाका अध्यक्ष वाङछेदर लामा, कोशी प्रदेश सांसद राजेन्द्र कार्की सहितको टोलीले शुक्रबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापन पत्र बुझाउँदै यस्तो माग गरेका हुन् ।
लामा सहितको टोलीले काठमाडौं आएर आउँदो वर्ष बजेट बृद्धिको पनि माग गरेको छ ।
‘किमाथांका नाकालाई आन्तरिक प्रयोजनको लागि अन्तरमन्त्रालयसँग र छिमेकी मित्रराष्ट्र चीनको स्वशासित क्षेत्र तिब्बत सरकारसँग सहजीकरण गरी नाका खुल्ला गर्ने कार्यमा पहल गरिदिनहुन’ ज्ञापन पत्रमा छ ।
त्यस्तै नेपाल सरकारले भोटखोला गाउँपालिकालाई निषेधित क्षेत्र घोषणा गरिएको हुनाले बाह्य पर्यटक आउने वातावरण कम भएकोले आन्तरिक पर्यटन प्रर्वद्धन र सम्वर्द्धनको लागि नेपाल सरकारबाट वार्षिक विनियोजन गर्ने गाउपालिकाको बजेटमा १० % प्रतिशत बढाउनको लागि अर्थमन्त्रालयमा सहजीकरण गरिदिन पनि ध्यानाकर्षण गराइएको छ ।
साविक हटिया गाविसमा रहेको सीमा प्रशासन कार्यालयलाई भोटखोला गाँउपालिकाको सदरमुकाम हटियामा पुनःस्थापना गरि नेपाली नागरिकता प्रदान गर्न सक्ने व्यवस्था मिलाइदिन पनि माग गरिएको छ ।
किमाथांका प्रहरी चौकी भवन निर्माण, भोटखोला गा.पा. १, चेपुवा निगम प्रहरी चौकी भवन निर्माण र श्याक्शीला गोला प्रहरी चौकी भवन निर्माण, भोटखोला गापा- ४ लाई २/२ करोडको दरले बजेट विनियोजन गर्ने व्यवस्था मिलाउन पनि टोलीले आग्रह गरेको छ ।
Discussion about this post