धरान । नेकपा एमाले धरानको आठौ अधिवेशन वैशाख ५ र ६ गते हुने भएको छ । अधिवेशनको प्रचार गर्दै आज धरानको बुढासुब्बा फुटसलमा प्रचार विभाग र एमाले धरानउपमहानगर कमिटिबीच मैत्रीपूर्ण फुटसल खेल सम्पन्न भएको छ ।
खेल प्रचार विभागले १४–११ गोल अन्तरले जितेको थियो ।
खेलअघि बोल्दै एमाले नगर अध्यक्ष हर्कजंग एभेङले एमालेको आठौ नगर अघिवेशन बैशाख ५ र ६ गते हुने जानकारी गराए ।
उनले ५ गते हुने उद्घाटन सत्र धरान–१५ स्थित किरात याक्थुङ चुम्लुङको सभाहलमा र बन्द सत्र हरियाली सामुदायिक वनमा हुने जानकारी दिए । अधिवेशनले ३ वर्षका लागि धरान नगरको नेतृत्व चयन गर्नेछ ।
Discussion about this post