काठमाडौ । निजी क्षेत्र चलायमान नभएसम्म आर्थिक वृद्धि र राजश्व वृद्धि सम्भव नभएको अर्थमन्त्रि डा प्रकाशशरण महतले दाबि गरेका छन ।
सोमवार नेपाल चेम्बर अफ कमर्सको ७२ औं वार्षिक साधरण सभामा बोल्दै अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वृद्धि र उद्योग व्यवसायको बिस्तार निजी क्षेत्रको काँधमा भएको भन्दै निजी क्षेत्र चलायमान नभएसम्म आर्थिक वृद्धि र राजश्व वृद्धि सम्भव नभएको बताएका हुन । उनले आर्थिक गतिविधिलाई चालयमान बनाउन राज्यको लगानीले मात्रै नपग्ने बताए । उनले वाह्य र स्थानीय लगानीलाई प्रवद्र्धन नगरी आर्थिक समृद्धिको लक्ष्य पूर्ति हुन नसक्ने दाबी गरे । उनले निजी क्षेत्र सरकारको साझेदार भएको भन्दै राज्य र निजी क्षेत्रको साझेदारीमा मात्रै अर्थतन्त्र अगाडी बढाउन सकिने बताए। उनले सरकार सामाजिक सेवा र पूर्वाधारको विकासमा मुख्य रुपमा केन्द्रित हुने बताए । उनले सरकार पुँजीगत खर्चलाई प्रभावकारी ढङ्गमा खर्च गर्न प्रतिवद्ध रहेको बताउनु भयो । उनले पुँजीगत खर्च सकेसम्म कम हुन नदिने र पुँजीगत खर्चलाई प्रभावकारी ढंगले गर्ने सरकारको लक्ष्य रहेको बताए । उनले सरकार पुँजीगत खर्चलाई प्रभावकारी बनाउन आवश्यक उपाय अपनाउन आफू तयार रहेको बताएका हुन।
उनले भने,‘सरकार पुँजीगत खर्चलाई प्रभावकारी ढङ्गमा खर्च गर्ने प्रमुख प्राथमिकता हुनेछ । पुँजीगत खर्च सकेसम्म कम हुन नदिने र पुँजीगत खर्चलाई प्रभावकारी ढंगले गर्ने सरकारको लक्ष्य छ । आयोजनामा काम समयमा नै नहुने,आयोजनाको लागत बढ्ने, काम अगाडी नबढ्दा आयोजनाको मूल्य धेरै भएको । समय पनि धेरै लाग्ने भएको छ । हाम्रो सम्पूर्ण ध्यान पुँजीगत खर्चलाई प्रभावकारी बनाउन जेजे उपाय अपनाउन सकिन्छ, हामी गर्छौं । त्यसो गर्दा अर्थतन्त्रमा राज्यको तर्फबाट पुँजी बाहिर आउँछ । आर्थिक गतिविधिलाई चालयमान बनाउन मद्दत पुग्छ । सँगसँगै राज्यको लगानीले मात्रै पुग्दैन । वाह्य र स्थानीय लगानीलाई प्रोमोट नगरी आर्थिक समृद्धिको लक्ष्य पूर्ति हुन सक्दैन । निजी क्षेत्र हाम्रो साझेदार हो । राज्य र निजी क्षेत्रको साझेदारीमा मात्रै अर्थतन्त्र अगाडी बढाउन सक्छौँ । सरकारले सामाजिक र पूर्वाधारको विकास मुख्य रुपमा केन्द्रित हुने हो । आर्थिक वृद्धि र उद्योग व्यवसायको बिस्तार निजी क्षेत्रको काँधमा छ । निजी क्षेत्रको समस्या भनेको सरकारको समस्या हो । निजी क्षेत्र चलायमान नभएमा आर्थिक वृद्धि, राजश्व वृद्धि सम्भव छैन ।’
अर्थमन्त्री डा। महतले मुलुकको अर्थतन्त्र सुधार तत्काल हुन्छ भन्ने भावना विकसित गर्नु सरकारको पहिलो प्राथमिकता रहेको बताए । उनले पछिल्लो समय अर्थतन्त्रमा देखिएका समस्या र चुनौतिको समाधान गरी अर्थतन्त्रमा सुधार ल्याउन कुनै काम बाँकी नराख्ने प्रतिवद्धता जनाए । अर्थमन्त्री महतले अर्थतन्त्रमा समस्या देखिएपनि महत्वपूर्ण आर्थिक सूचकांकहरु सकारात्मक रहेकाले निराश हुनुपर्ने अवस्था नरहेको बताए। उनले उद्योग व्यवसायमा लगानीको वातावरण बन्न नसक्नु चिन्ताको विषय भएको भन्दै लगानीमैत्री वातावरण बनाउन सरकारले पहल गर्ने बताए । उनले बैंकको ब्याजदर लगायत अन्य विभिन्न व्यवसायीहरुका समस्या रहेको भन्दै सरकारले सम्बोधन गर्नुपर्ने विषयमा सरकार गम्भिर रहेको बताए। उनले राजश्वको स्थिति चिन्ताजक रहेको भन्दै सरकारको लक्ष्य पूरा नहुने अवस्था रहेको बताए। उनले राजश्व संकलन चालु आर्थिक वर्षमा गत वर्षको तुलनामा २८ प्रतिशतले कम भएको उल्लेख गरे ।
उहाँले भन्नुभयो,‘मुलुकको अर्थतन्त्र सुधार हुन्छ भन्ने भावना विकशित गर्नुपरेको छ । त्यसको लागि अर्थमन्त्रीको तर्फबाट कुनैपनि कसर बाँकी राख्नेछैन । सबैलाई यो विश्वास दिलाउन चाहन्छु । विदेशी मुद्रा सञ्चितिमा सकारात्मक अवस्थामा छौं । मूल्यको सूचकांक जुन छ पहिलाको भन्दा ज्यादा हो तर नियन्त्रणमै छ । कतिपय इन्डिकेटर आर्थिक सूचकांकहरु सकारात्मक छन् । पछिल्लो समय मुलुकभित्र लगानीको वातावरणमा नकारात्मक परिवेश सिर्जना भएको छ । चिन्ताको विषय हो । साना ठूला लगानीकर्ताले गरेको लगानीमा समस्या आएको छ । पछिल्लो समय बैंकको व्याजदर बढेको छ । पहिला ऋण लिएकाको व्याजदर माथि जाँदा रेट अफ रिटर्नमा समस्या । ऋण फिर्ता गर्न समस्या आएको छ । यो विषय सरकारले सम्बोधन गर्नुपर्ने विषय रहेको छ । यस विषयमा राष्ट्र बैंकसँग कुरा गरेका छौँ । राजश्वको स्थिति नकारात्मक छ । चाहेजस्तो उठेको छैन । लक्ष्यभन्दा कम छ । भन्सारमा गत वर्ष भन्दा २८ प्रतिशतले कम भएको छ । आन्तरिक करमा पनि समस्या देखिएको छ । राजश्वको स्थिति चिन्ताजनक छ ।’
Discussion about this post