काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा विराटनगरमा नवीन रिजाल विजयी भएका छन् ।
रिजाल नगर तथा जिल्ला तर्फबाट खुल्ला केन्द्रीय सदस्य पदमा निर्वाचित भएका हुन् ।
उनी उद्योगी व्यवसायीहरुको जेठो संस्था मोरङ व्यापार संघका अध्यक्ष हुन् । मोरङ व्यापार संघमा कार्यसमिति सदस्य, प्रवक्ता, महासचिव, वरिष्ठ उपाध्यक्ष हुँदै रिजाल नेतृत्वमा पुगेका हुन् ।
रिजाललाई कोशी प्रदेश उद्योग वाणिज्य संघसंस्थासँग आवद्ध अधिकांश उद्योगी व्यवसायीको समर्थन थियो।
मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रले खेल्न सक्ने भूमिकाका विषयमा आफूले गर्न सक्ने सहयोगका लागि हरदम तयार रहेको रिजालले बताएका छन् ।
पछिल्लो पटक बैंक वित्तीय संस्थाका बिरुद्ध चलेको देशव्यापी आन्दोलनमा रिजालले सक्रिय भूमिका निर्वाह गरेका थिए ।
सरकार र निजी क्षेत्रले समन्वयकारी भूमिका निर्वाह गर्दै औद्योगिक लगानी मार्फत अर्थतन्त्र चलायमान बनाउनुपर्ने रिजालको भनाइ छ ।
Discussion about this post