काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले काठमाडौँ महानगरपालिकाले सिंहदरबारलगायत संघीय सरकारका कार्यालय क्षेत्रको फोहर नउठाउनु अराजकता भएको बताएका छन् । नेता कोइरालाले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो बताएका हुन् ।
उनले जिम्मेवार तहको यो व्यवहारको सबैले विरोध गर्नुपर्ने बताएका छन् ।
‘कामपाले सिंहदरवार लगायत स्थानको फोहोर नउठाउनु अराजकता हो,’ उनले भनेका छन्, ‘जिम्मेवार तहको यो व्यवहारको सबैले विरोध गर्नैपर्छ ।’
उनले महानगरप्रति संघीय सरकारले पनि धम्कीको भाषा प्रयोग गरेको र उक्त कार्य सिंहदरकाले स्थानीय निकायलाई कसरी हेर्छ भन्ने कुराको प्रतिपिम्ब भएको बताएका छन् ।
‘अर्कोतर्फ सरकारले पनि महानगरले उठाएका प्रश्नको वेवास्ता गर्दै धम्कीको भाषा प्रयोग गर्नु सिंहदरवारले स्थानीय निकायलाई हेर्ने दृष्टिकोणको प्रतिविम्ब हो,’ उनले भनेका छन्, ‘दुवै सच्चिनु पर्छ ।’
नयन एडभरटाइजिङ मिडिया प्रा.लि.द्वारा सञ्चालित
प्रधान कार्यालय : इटहरी ६, सुनसरी, कोशी प्रदेश
शाखा कार्यालय : ललितपुर २७, सुनाकाेठी, बागमती प्रदेश
मोबाइल : ९८५१०५१९९६,९८५२०४८९९६७
इमेल : khabarprades@gmail.com
पान नं. : ६०६८०४३५६
अध्यक्ष/सम्पादक : पवन अधिकारी
मुख्य संवाददाता : मनाेज दाहाल
संवाददाता : गंगादेवी गाैतम
प्रेस काउन्सिल सूचीकरण नम्वर : ३७२४/२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३७३६/२०७९/०८०
© Nayan Advertising Media Pvt. Ltd 2022 । Design by : IT Karkhana
Discussion about this post