काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले निराशामा रहेका उद्योगी व्यवसायीहरुको मुहार हसाउने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
उनले निर्वाचनको समयमा देशभरका उद्योगी व्यवसायीमाझ गरेका प्रतिबद्धता पूरा गर्ने गरी काम गर्ने जनाए । पछिल्लो समय व्यवसायीहरुलाई बैंकको ब्याजदर र तरलता अभावको कारण परेको समस्या समाधान गर्ने उनको भनाइ छ ।
आन्तरिक र वैदेशिक लगानी ल्याउन निजी क्षेत्रले पहल गर्ने जनाउँदै उनले मुलुकभित्रै उद्योगी व्यवसायीहरुले लगानीमैत्री वातावरण बनाउन सरकारसँग सहकार्य गर्न जनाए ।
महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन सर्वसम्मत चयन भएका हुन् । वरिष्ठ उपाध्यक्षका उम्मेदवार अञ्जनलाई अर्का उम्मेद्वार उमेशलाल श्रेष्ठले समर्थन गरेसँगै उनी सर्वसम्मत निर्वाचित भएका हुन् ।
पहिलो चरणमा वरिष्ठ उपाध्यक्षमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मतभार नकटाएपछि दोस्रो चरणको निर्वाचन तयारी भए पनि सहमतिमा वरिष्ठ उपाध्यक्ष चयन भएको हो ।
Discussion about this post