इटहरी । सुनसरीको कोशी गाउँपालिकामा कारले साइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।
एकजना महिला सिकिस्त घाइते भएकी छन् । प्रदेश ३–०१–०२२च८४८८ नम्बरको कारले साइकललाई ठक्कर दिँदा अन्दाजी ३५ वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।
साइकलको पछाडी सवार अन्दाजी ३४ वर्षीया महिला घाइते भएकी छन् ।
मृतकको परिचय खुल्न सकेको छैन । घाइते महिलाको विरानटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको पनि पहिचान खुल्न सकेको छैन ।
ठक्कर दिने सवारी चालक इलामको इलाम नगरपालिका ७ बस्ने ४५ वर्षीय मधुसुदन श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको ट्राफिक प्रहरीले जनाएको छ ।
Discussion about this post