इटहरी । सुनसरीको कोशी गाउँपालिकामा कारले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक महिला गम्भीर घाइते भएकी छिन् ।
पुर्वबाट पश्चिम जाँदै गरेको प्रदेश ३–०१–०२२च८४८८ नम्बरको कारले सोही दिसा तर्फ गुडिरहेको साइकललाई ठक्कर दिँदा अन्दाजी ३५ वर्षीय पुरुषको मृत्यु भएको छ । सोहीे साइकलको पछाडी सवार अन्दाजी ३४ वर्षीय महिला गम्भीर घाइते भएकी छिन् । मृतक पुरुषको उपचारका लागि इनरुवा अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
उनको परिचय खुल्न सकेको छैन । घटनमा परी गम्भीर घाइते भएकी महिलाको विराटनगर स्थित न्यूरो अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । उनको पनि पहिचान खुल्न सकेको छैन । ठक्कर दिने सवारी चालक इलामको इलाम नगरपालिका ७ बस्ने ४५ वर्षीय मधुसुदन श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भईरहेको ट्राफिक प्रहरीले जनाएको छ ।
Discussion about this post