इलाम । नयाँ वर्षका अवसरमा आयोजित “प्रथम इलाम–माईपोखरी म्याराथन” को उपाधिमा नेपाल आर्मीका खेलाडीहरुले बर्चश्व जमाएका छन् ।
पुरुषतर्फ ४२ किलोमिटर म्याराथुनमा नेपाल आर्मीका होमलाल श्रेष्ठले दुइ घण्टा ५८ मीनेट १६ सेकेण्ड र ५६ मिली सेकेण्डमा दौड पुरा गरी नयाँ रेकर्ड कायम गरे । आर्मीकै मोहनदेव नेतीले ३ घण्टा ५ मिनेट ३४ सेकेण्डमा उक्त दुरी पार गरेर दोस्रो भए ।
आर्मीका अर्का खेलाडी बेद सुनुवारले तेस्रो हुदै ३ घण्टा ५ मीनेटर ३५ सेकेण्डमा उक्त दुरी पार गरे । पहिलो हुने श्रेष्ठले नगद अढाई लाख दोस्रो हुने नेतीले डेढ लाख र तेस्रो हुन सुनुवारले एक लाख नगद सहित ट्रफी र प्रमाण पत्र पाए । नर्या वर्षको अवसरमा सन्दकपुर गाउँपालिकाको देउरालीमा आयोजित कायक्रममा साँंसद मोहन बहादुर बस्नेत लगायतले पुरस्कार वितरण गरे ।
निर्धारीत समय ४ घण्टा १५ मिनेटमा दुरी पार गर्ने दश खेलाडीलाई पुरस्कृत गरिएको थियो ।
महिलातर्फ २१ दशमलव १ किलोमिटर दुरीमा राजपुरा पर्छाई पहिलो भइन् । नेपाल प्रहरीकी परछाईले एक घण्टा ४७ मीनेट ४५ सेकेण्ड ६६ मीलीसेकेण्डमा उक्त दुरी पार गरेकी थिइन् । ससस्त्र प्रहरीकी पुष्पा भण्डारी दोस्रो भए ।
उनले एक घण्टा ५८ मिनेट २१ सेकेण्डमा उक्त दुरी पार गरिन् । आर्मीकी पुर्ण लक्ष्मी न्यौपानेले एक घण्टा ५९ मिनेट १९ सेकेण्डमा दुरी पार गरी तेस्रो भइन् । महिला तर्फ पहिलो हुने परछाईलाई एक लाख, दोस्रो भण्डारीलाई ५० हजार र तेस्रो न्योपानेलाई ३५ हजार नगद सहित ट्रफि र प्रमाणपत्र प्रदान गरिएको थियो ।
इलाममा आयोजना भएको इलाम, माइपोखरी म्याराथन प्रतियोगितामा एक सय ४७ जना धावक सहभागी भएका थिए । नयाँ वर्षको अवसर पारेर पर्यटन प्रवर्द्धनको उद्देश्यसहित आयोजित प्रतियोगितामा नेपालका बिभिन्न स्थानबाट धावक सहभागी हुन इलाम आएका थिए ।
इलाम नगरपालिका, सन्दकपुर गाउँपालिका र सदरमुकामस्थित नेपाली सेनाको रणशार्दूल गणको संयुक्त आयोजनामा म्याराथुन आयोजना गरिएको हो ।
Discussion about this post