धरान । अग्रज पत्रकार राजकुमार कार्कीलाई धरानमा आज अभिनन्दन गरिएको छ । कार्कीको ६५ औं जन्मदिनको अवसर पारेर प्रेस चौतारी सुनसरीले कार्कीलाई अभिनन्दन गरेको हो ।
कार्कीलाई प्रमुख अतिथि संघिय सांसद तथा पूर्वमन्त्री राजेन्द्र राईले दोसल्ला ओढाएर अभिनन्दन पत्रसहित सम्मान गरे ।
कार्यक्रममा अग्रज पत्रकार हर्ष सुब्बा, गोपाल देवान र कृष्णविनोद लम्सालले समेत कार्कीको संघर्षमय जीवन, मिसन पत्रकारीताले समाज परिवर्तनमा खेलेको भूमिकाको चर्चा गरेका थिए ,
एमाले नेता मुरारी सुवेदी, सांसद रमेशकुमार बस्नेत, एमाले केन्द्रीय सदस्य मञ्जु भण्डारी लगायतले कार्कीको प्रशंसा गरेका थिए ।
Discussion about this post