जनता समाजवादी पार्टीका संघिय परिषद् अध्यक्ष एमं सुनसरी क्षेत्र नम्वर १ बाट निर्वाचित सांसद अशोक राई एमालेसँगको एकता नसकिएको बताएका छन् । पार्टी अध्यक्ष उपेन्द्र यादवले चुनाव लगत्तै एमालेसँगको तालमेल सकिएको बताए पनि उक्त कुरा यादवको व्यक्तिगत धारणामात्र भएको राईले बताएका हुन्।
प्रतिनिधि सभाको निर्वाचनमा हार बेहोरेपछि पार्टी अध्यक्ष उपेन्द्र यादवले चुनाव लगत्तै एमालेसँगको तालमेल सकिएको बताएका थिए । यादबको निर्णय बिपरित सांसद राईले दिएको अभिव्यक्तीले राष्ट्रिय अध्यक्ष यादव र संघिय परिषद् अध्यक्ष राईबीच मतभिन्ता देखिएको छ ।
लोकतान्त्रिक बाम गठबन्धनसँगको सहयात्रा तोड्दै जसपाले मंसिर ४ गतेको निर्वाचनमा एमालेसँग सहकार्य गरेर गएको थियो । एमालेसँगको सहकार्यका बावजुद अध्यक्ष यादब सिके राउतसँग भारी मतान्तरले पराजित भएका थिए । त्यसको लगत्तै अध्यक्ष यादवले एमालेसँगको तालमेल सकिएको बताएका थिए । तर, संघीय परिषद अध्यक्ष अशोक कुमार राईले भने यादवको व्यक्तिगत धारणा भएको बताउदै एमालेसँगको तालमेल नसकिएको बताएका हुन् ।
एमालेसँगको सहकार्य जारी रहने उनले राईको भनाइ थियो । ‘त्यो धारणा उहाँको व्यक्तिगत हो । चुनाव अघि अध्यक्ष्य ज्यू ले नै निर्वाचन पछि पनि सहकार्य गरेर अघि बढ्ने २ पार्टी बिचको सम्झौतामा हस्ताक्षर गर्नु भएको छ । तर यसपटकको निर्वाचनले कुनै एउटा पार्टीलाई बहुमत दिएको छैन, यो अवस्थामा आन्तरिक छलफलबाट एउटै धारण बनाउनुको बिकल्प छैन,’ उनले भने ।
Discussion about this post