विराटनगर । मोरङको रंगेली नगरपालिका–३ आमतोलामा भएको ट्याक्टर दुर्घटनामा परी मृत्यु हुनेको संख्या दुई पुगेको छ ।
शनिबार बिहान भएको दुर्घटनामा परी दुर्घटनामा परी मोरङको ग्रामथान गाउँपालिका–५ की ६० वर्षीया वैशाखी चौधरी र सोही ठाउँकी २५ वर्षीया रीताकुमारी माझीको मृत्यु भएको मोरङ ट्राफिक प्रहरी प्रमुख ट्राफिक प्रहरी निरीक्षक सुनील श्रेष्ठले जानकारी दिए ।
वैशाखी कुमारीको घटनास्थलमै मृत्यु भएको थियो । रीताको उपचारका क्रममा विराटनगरस्थित गोल्डेन अस्पताल दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।
तेतरिया आमतोला भित्री सडकखण्ड हुँदै पूर्वतर्फ गइरहेको प्रदेश १–०१–००१ त ९५५३ नम्बरको ट्याक्टर अनियन्त्रित भइ दुर्घटना भएको थियो ।
Discussion about this post