हेटौंडा: बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२-८३ का लागि ६७ अर्ब ४७ करोड ७३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आइतबार साँझ साढे ८ बजे सुरु भएको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले बजेट प्रस्तुत गरेका हुन्।
बजेटअनुसार चालु खर्चतर्फ २६ अर्ब ४ करोड ४६ लाख रुपैयाँ अर्थात् ३८.६ प्रतिशत र पुँजीगत खर्चतर्फ ४१ अर्ब ४३ करोड २६ लाख रुपैयाँ अर्थात् ६१.४ प्रतिशत विनियोजन गरिएको छ।
यसअघि दिउँसो ३ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक बजेट आकारबारे सरकारभित्र उत्पन्न विवादका कारण साँझ मात्रै सुरु भएको हो।
प्रतिक्रिया