सुर्खेत : कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२-०८३ का लागि ३२ अर्ब ९९ करोड ६६ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले बजेट मध्यराति प्रदेशसभा बैठकमा प्रस्तुत गरेका हुन् ।
बजेट चालु आर्थिक वर्षको तुलनामा ५ प्रतिशतले वृद्धि भएको छ। विनियोजन विवरणअनुसार पुँजीगत खर्चतर्फ १९ अर्ब ९८ करोड २७ लाख र चालु खर्चतर्फ ७ अर्ब ७९ करोड ९१ लाख रुपैयाँ विनियोजन गरिएको छ।
बजेट असार १ गतेभित्र ल्याउनुपर्ने संवैधानिक बाध्यताका कारण अन्तिम समयमा आएर १२ बज्न केही मिनेटअघि मात्र बजेट पेस गरिएको हो।
दिनभर सत्तारुढ गठबन्धन र विपक्षी दलहरूबीच सहमति जुट्न नसक्दा बजेट सार्वजनिकमा अन्यौल भएको थियो।
प्रमुख प्रतिपक्षी दलसहितका विपक्षीहरूले बजेट बहिष्कारको चेतावनी दिँदै आएका थिए।
प्रतिक्रिया