इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका ७ स्थित माछा मार्ने क्रममा करेन्ट लागि १ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा खोटाङ दिप्रुङ चुइचुम्मा गाउँपालिका-६ घर भई हाल सोहि स्थानमा कोठा भाडामा बस्दै आएका ३५ बर्षीय देवान राई रहेका छन् ।
असार ११ गते राती ९ बजे कोठाबाट करिव ५० मिटर टाढा रहेको खेतमा बिजुलीको तार जडान गरी माछा मार्ने क्रममा अचानक करेन्ट लागि घाईते भएका उनको बिराट टिचिङ अस्पताल विराटनगरमा पुर्याउन साथ मृत्यु भएको थियो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया