ललितपुर : ललितपुरबाट ठूलो मात्रामा नगदसहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको टोलीले सोमबार साँझ गौरव स्याङ्तान नामका व्यक्तिलाई करिब एक करोड बराबरको रकमसहित पक्राउ गरेको हो।
उपत्यका प्रहरी कार्यालयका एआईजी टेक बहादुर तामाङका अनुसार, सूचनाका आधारमा निगरानी बढाउँदा स्याङ्तानलाई नियन्त्रणमा लिइएको हो।
अहिले प्रहरीले बरामद रकम गन्ने काम गरिरहेको छ। पक्राउ परेका स्याङ्तानको अन्य विवरण खुलाइएको छैन। रकमको स्रोत र प्रयोजनबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया