काठमाडौं । जेन–जी आन्दोलनको क्रममा मकवानपुरको भीमफेदी कारागारबाट भागेका कैदी नारायण कुमालको हत्यो भएको छ । २८ वर्षीय कुमालको पूर्वी नवलपरासीस्थित गैँडाकोटमा ७÷८ जनाको समूहले धारिलो हतियार प्रयोग गरी हत्या गरेको बताइएको छ । पूर्वी नवलपरासी प्रहरीका अनुसार शुक्रबार राति गैँडाकोट नगरपालिकास्थित इँट्टाभट्टा नजिकै उनको हत्या भएको पाइएको हो ।
कुमाल बलात्कार कसुरमा१० वर्ष कैद र ३५ हजार जरिवानाको फैसला भएका कैदी थिए । उनी जेन–जी आन्दोलको क्रममा भीमफेदी कारागारबाट फरार भएको थिए । उनी चितवनको कालिका नगरपालिका–४ पदमपुरका स्थानीय हुन् । कुमालको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताइएको छ ।
प्रतिक्रिया